दफा १२
नियम बनाउने अधिकार

(१) यस ऐनको उद्देश्य कार्यान्वित गर्नको लागि नेपाल सरकारले नियम बनाउन सक्नेछ ।

(२) उपदफा (१) को अधिकारमा प्रतिकूल असर नपर्ने गरी ती नियमहरूमा देहायका कुराहरूको व्यवस्था गर्न सक्नेछः–

(क) युनिटमा भर्ना हुने व्यक्तिको योग्यता,

(ख) युनिटमा भर्ना गर्ने तरीका, भर्ना शर्त र भर्ना अवधि,

(ग) युनिटमा भर्ना हुन चाहने व्यक्तिको स्वास्थ्य परीक्षण गराउने,

(घ) युनिटमा भर्ना गरिएको व्यक्तिलाई प्रारम्भिक र आवधिक सैनिक तालिम दिने,

(ङ) युनिटमा भर्ना गरिएको व्यक्तिको सैनिक तालीम अवधिमा पालना गर्नुपर्ने सैनिक वा अन्य कर्तव्य,

(च) युनिटमा भर्ना गरिएको व्यक्तिले साधारणतः पालन गर्नुपर्ने अनुशासन,

(छ) युनिटमा भर्ना गरिएको व्यक्तिले गर्नुपर्ने सार्वजनिक काम र कर्तव्य,

(ज) प्रमाण–पत्र वा परिचय पत्रको व्यवस्था,

(झ) यस ऐनको दफा ७ अन्तर्गत नियुक्ति गरिएका अधिकृतले पाउने पारिश्रमिक भत्ता,

(ञ) यस ऐन अन्तर्गत सेवा दलमा भर्ना गरिएको व्यक्तिलाई हटाउने,

(ट) यो ऐनबमोजिम लागेको जरीबाना असुल उपर गर्ने,

(ठ) यस ऐन अन्तर्गत गठन गरिने सल्लाहकार समितिको काम, कर्तव्य र अधिकार,

(ड) यस ऐन अन्तर्गत तोकिएको वा तोक्नु पर्ने अन्य कुराहरू,

(ढ) तोकिए बमोजिमको सुविधा सेवा दलका छात्र छात्राहरूलाई उपलब्ध गराउने ।’